देविका केसीको तीज कोसेली ‘नाइँ बाबा नाइँ’ सार्वजनिक



काठमाण्डौ,श्रावण १० । लोकप्रिय गायिका देविका केसीको नयाँ तीज कोसेली ‘नाइँ बाबा नाइँ’ सार्वजनिक भएको छ ।पुराना गीतहरु घर त नुवाकोट,हामी नेपालीमा चर्चा कमाएकी उनले सँगितको क्षेत्रमा छुट्टै वर्चस्व समेटिएकी छिन् ।

हाल क्यानडा बस्दै आएकी गायिका केसीले यस वर्ष भने नयाँ तीज गीत बजारमा कोसेली स्वरुप पस्किएकि हुन् । नयाँ ‘नाइ बाबा नाई’ गीत बजारमा ल्याएकी छिन । नेपालका विभिन्न स्थानमा र क्यानडामा समेत छायाङ्कन गरिएको गीत दर्शक श्रोताले मन पराएका छन् ।

यस गीतमा प्रिती आले राजकुमार अधिकारीको अभिनय देख्न सकिन्छ । शिब हमालको शब्द सँगित रहेको ‘नाइ बाबा नाई’ बोलको गीतमा स्वर गायिका केसीकै रहेको छ भने सम्पादन प्रकाश धमलाले गरेका छन । स्मृती तिमल्सिनाको कोरियोग्राफी तथा निर्देशनमा बनेको म्यूजिक भिडियो राजेश घिमिरे र इश्वर थापाले खिचेका हुन भने भिडियो देबिका केसी युटूयूब च्यानलबाट सोमबार साँझ सार्बजनिक गरिएको हो ।

पूरा भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्