कोरोनाको कारण मकवानपुरका दुई जनाको मृत्यु

काठमाडौं,साउन १५ । कोरोना भाइरसको संक्रमणको कारण मकवानपुरका थप दुई जनाको मृत्यु भएको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका आयुर्वेद चिकित्सक डाक्टर रबिन भुषालका अनुसार कोरोनाको कारण जिल्लाका दुई जनाको मृत्यु भएको हो । उनले मृत्यु हुनेमा हेटौंडा-११ की ७१ वर्षीया महिला र थाहा नगरपालिकाका एक जना रहेको बताए । उनिहरुको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरि,प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७२३ जनामा परीक्षण गर्दा थप २ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार प्रदेशमा २३८ जनाले संक्रमणलाई जितेका छन् । प्रदेशमा हाल ३ हजार ४७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।