कोरोना अपडेट: गत २४ घण्टामा थप ६२० जनामा कोरोना पुष्टि : एक जनाको मृत्यु

काठमाडौं,साउन १५ । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कुल पाँच हजार ८४६ जनामध्ये २६ सय ५१ जनाको पीसीआर र ३१ सय ९५ जनाको एन्टीजेन परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो। अहिले देशभर सक्रिय संक्रमितको संख्या चार हजार ५६७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप एक जनाको कोरोनाले मृत्यु भएको छ भने २९७ जनाको डिस्चार्ज भएका छन् ।