एसईईमा ४ जीपीए ल्याएका गुल्मीका आशिषलाई विद्यालयले गर्यो सम्मान



गुल्मी,साउन १६ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई मा गुल्मी जिल्लाबाट ४ जीपीए ल्याएर पास गरेका आशिष बस्नेतलाई उनले कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयमा सम्मान गरिएको छ । सुरुको नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गरेको श्री गोविन्द रत्न कुवर लोकतान्त्रिक आधारभूत विद्यालय इस्मा गाउँपालिका वडानम्बर-६ सिमपानीले सम्मान गरेको हो । विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, विद्यार्थी लगायतको उपस्थित सम्मान गरिएको हो ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-६ अमरपुर निवासी बस्नेतले कक्षा ३ सम्म त्यस विद्यालयमा र त्यसपछि रेसुङ्गा माध्यमिक विद्यालयमा कक्षा चारदेखि अध्ययन गर्दै आएका थिए । उनि घरमा बुवा आमा रोजगारिको शिलसिलामा भारतमा रहेकाले दिदी सहयोग र आफनै संघर्षले यो उपलब्धी हात पार्न सफल भएका छन् । विद्यालयले सुरुमा उनलाई सानोकक्षामा पढाएर अहिले एसईईमा ४ जीपीए ल्याउन सफल भएको भन्दै सम्मान गरेको बिद्यालयले जनाएको छ । वस्नेतले अध्ययन गरेको उक्त विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेका थिए ।

त्यसपछि उनि कक्षा ४ मा पढन जिल्ला सदरमुकाम तम्घास स्थित रेसुङ्गा माध्यमिक विद्यालयमा आएका थिए । सानैदेखि नै कक्षा प्रथम हुने बस्नेत लगनशिल विद्यार्थीका रुपमा परिचित थिए । ४ जीपीए ल्याएको अबसरमा उनलाई रेसुङ्गा माध्यमिक बिद्यालयल बजागाजा सहित बजार परिक्रमण गराएको थियो । विद्यालयले बाजगाजा सहित विद्यार्थी अभिभावक, शिक्षक तथा शुभचिन्तकको भव्य उपस्थितीमा खुसियिाली साटासाट गरेको हो ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा माध्यमिक विद्यालयका आशिष बस्नेतले यसवर्षको एसईई नतिजामा ४ जीपीए ल्याएर जिल्लामै उत्कृष्ट भएका हुन् ।
विद्यालय सामुदायिक तथा संस्थागत विद्यालयतर्फ ४ जीपीए ल्याएर पास गर्नेमा जिल्लामै प्रथम भएको हो । त्यस विद्यालयबाट ८२ जना विद्यार्थीले एसईई परीक्षामा सहभागि भएका थिए । यस अघि ०७५ सालमा सम्पन्न एसईई परीक्षामा राष्ट्रियस्तरमा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । जसका कारण रेसुङ्गा मावि प्रदेशमा प्रथम र देशकै सर्वोत्कृष्ट दोश्रो स्थानमा पर्न सफल भएको थियो । गत २ वर्ष भने कोरोना महामारीका कारणले विद्यालयले नै आन्तरिक मुल्याङकन गरेका थिए ।

शैक्षिक गुणस्तरका लागि विद्यालयका सबैको खटाईको कारण परिणाम हात प्राप्त भएको विद्यालय प्रधानाध्यापक प्रेमनारायण भण्डारीले बताए । हाल यस बिद्यालयले प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङतर्फ कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ । यसै शैक्षिकसत्र देखि विद्यालयमा कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकयमा कक्षा सन्चालन गर्न लागेको भण्डारीले बताए । गुल्मी जिल्लाका १४० वटा विद्यालयका ४ हजार ४२५ जना विद्यार्थी परीक्षामा सहभागि भएको शिक्षा विकास तथा समन्यव इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए ।

प्रतिक्रिया दिनुहोस्