कोरोना अपडेट: थप ६६० जना कोरोना सङ्क्रमित, एकको मृत्यु



काठमाडौं,साउन २१ । पछिल्लो २४ घण्टामा ६६० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ६८२ कोरोना परीक्षण गर्दा ६६० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी कुल ६६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ४४४ रहेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६४१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्