कोरोना अपडेट: थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ,साउन २२ । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने आज कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्