बर्दियामा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु



बर्दिया,साउन २३। बर्दियामा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाईते भएका छन।

जिल्लाको मधुवन नगरपालिका वडा नं. ४ मख्खन चौक हुलाकी सडकखण्डमा भुरीगाउँतर्फबाट आउँदै गरेको भे १२ प ७३५ नं. को मोटरसाइकल दुर्घटना हुँदा बाँदरभरिया बस्ने बर्ष ३० को सुनिल चौधरी र बेलुवा बस्ने वर्ष २७ की सोनिया थारु गभ्मिर घाईते भएका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मोटरसाईकल चलाक समेत रहेका थारुको मंगलबार बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते सुनिल चौधरीको नर्सिङहोम नेपालगंजमा उपचार भई रहेको छ ।

मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटनाग्रस्त मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्