कोरोना अपडेट: थप ९३४ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु



काठमाडौं,साउन २३ । नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ३५१ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ९३४ जनामा कोरोना पुष्टि भएको हो ।

दुई हजार ८६२ जनाको पीसीआर गर्दा ४९८ र दुई हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जना सङ्क्रमित भएका हुन् ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी ३०१ जना काठमाडौं उपत्यकामा थपिएका छन् । जसमध्ये काठमाडौंमा २३६,  ललितपुरमा ४८ र भक्तपुरमा १७ जना छन् ।

सोही समयमा ४७० जना सङ्क्रमणमुक्त भएका छन् भने एक जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८६ छन् ।

त्यस्तै, २४ घण्टामा ३२ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्