प्यूठानमा सर्पले टोकेर एक महिलाको ज्यान गयो



प्युठान,साउन २५ । प्यूठानमा सर्पले टोकेर एकजना महिलाको ज्यान गएको छ। जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ४ भिंगृ बजार नजिकै बरपिपल भन्ने ठाउँमा सर्पले टोकेर ३० वर्षीया विमला घर्तिको ज्यान गएको हो।

बुधबार विहान घरमा बसिरहेकी उनलाई सर्पले टोकेको थियो। सर्पको टोकाईले घाईते  भएकी घर्तिलाई उपचारका लागि विहान ११ बजे भिंगृ प्राथमिक स्वास्थ्य केन्द्र तर्फ लगिएको थियो । अस्पताल लैजादै गर्दा घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रजाती नखुलेको सर्पले घर्तिको दाहिने हातको चोरी औलामा डसेको थियो ।

प्रतिक्रिया दिनुहोस्