नुवाकोटका विभिन्न बाढीपहिरो ग्रस्त क्षेत्र अवलोकनमा निस्किए संघीय सांसद तामाङ र प्रदेश उपसभामुख



नुवाकोट,साउन २५ । बाढीपहिरो ग्रस्त क्षेत्र अवलोकनका लागि संघीय सांसद हितबहादुर तामाङ र बागमती प्रदेश उपसभामुख राधिका तामाङ घटनास्थलमा पुगेका छन् ।

बाढी पहिरो निरीक्षणसंगै नेताद्वयले आवश्यक राहत, सुरक्षाका लागि तथ्यांक समेत आकलन गर्दै केन्द्र तथा प्रदेश सरकारलाई ध्यानाकर्षण समेत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

टाेलीमा संविधानसभा सदस्य विमला सुवेदी, जिल्ला समन्वय प्रमुख रजिन्द्रसिं ठकुरी, सिडिओ, जिल्लास्थित प्रहरी प्रमुख, सशस्त्र प्रहरीका DSP, जिल्लास्थित कार्यालय प्रमुखहरु, स्थानीय जनप्रतिनिधिको समेत सहभागिता रहेको थियोे ।

नेताहरुले मानवीय क्षति हुन नदिन र भएका क्षतिका मुल्यांकन गरि तत्काल राहत तथा पुनर्निर्माणकाे व्यवस्था गर्न संवन्धित निकायलाई निर्देशन दिएका छन् ।

टाेलीले तादि र पञ्चकन्या गाउँपालिका जाेडने आप्रह पुल, सातबिसे पुल, तादि र दुप्चेश्वर गाउँपालिका जाेड्ने भ्याङ्ले पुल लिखुकाे ढिकुरे पुल, तादि ४ मा पहिरोकाे जाेखिममा रहेकाे वस्ति, लगायतका ठाउँमा पुगेर क्षतिकाे अवस्था बुझेका छन् । दुप्चेश्वर समुन्द्रटार हुँदै राउतबेशी जाेड्ने अवरुद्ध सडककाे अवस्थाबारे बुझ्दै तत्काल जनजीवन सहजताका लागि सबैले सहयोग गर्न गराउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्