आइएमई लाइफको बृहत् स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं,साउन २६ । आइएमई लाइफ इन्स्योरेन्सले सातओटै प्रदेशमा मंगलवार बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १ हजार ३०२ जनाले स्वास्थ्य जाँच गराएको कम्पनीले बताएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलका अनुसार पाँचौं वर्ष पूरा भएको अवसरमा सातओटै प्रदेशका विभिन्न आठ स्थानमा बृहत् स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो । प्रदेश १ मा सुनसरी चक्रघट्टिमा आँखा शिविर कार्यक्रम गरिएको थियो । त्यस्तै मधेश प्रदेशमा बारा, कलैयामा दन्तशिविर सञ्चालन गरिएको थियो । बागमती प्रदेशमा चितवन, नारायणगढमा पाठेघरको मुखको क्यान्सर शिविर कार्यक्रम गरिएको थियो ।

त्यस्तै गण्डकी प्रदेशमा लमजुङको सोतीपसलमा जनरल स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेशमा गुल्मी र बाँकेको राप्ती सोनारीमा आँखा शिविर सञ्चालन गरिएको छ । कर्णाली प्रदेशमा सुर्खेतको गुमीमा महिला स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलालीस्थित टीकापुरमा पनि जनरल स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्