सुनचाँदी व्यवसाय प्रवर्द्धनका लागि इण्डियन ईन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
काठमाडौं,साउन २६ । भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वलरी शो (आइआइजेएस) सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका लागि उपलब्धि मूलक भएको मेलामा सहभागी नेपाली ब्यवसायीहरुले बताएका छन् । मेला यही भदौ १९ देखि २३ सम्म भारतको मुम्वइमा भएको थियो । उक्त मेलामा नेपाल र भारतका सुनचाँदी ब्यवसायीहरुबीच सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका बिषयमा छलफल भएको थियो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलाका अवसरमा नेपालका तर्फवाट गएको प्रतिनिधि मण्डलले सुनचाँदी ब्यवसायमा भित्रिएको आधुनिक प्रविधि र दुई देशवीच त्यसको हस्तान्तरण तथा साटफेर गर्न मद्धत पुगेको बताएका छन् ।
नेपालमा तर्फवाट मेलामा अध्यक्ष शाक्यको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली तथा मेला समितिका संयोजक विपिन रामुदामु लगायत महासंघको देशभरवाट छानिएका प्रतिनिधी सहभागी थिए ।
मेलाका अवसरमा भारतको जेम्स एण्ड ज्वलरी काउन्सिलका अध्यक्ष कोलिन शाह, कार्यकारी निर्देशक विक्रान्त प्रधान, अन्तर्राष्ट्रिय विभाग हेर्ने निर्देशक श्रीधर इंगार, पोलिसि लविङ डाइरेक्टर सुरुची खिन्द्रिया लगायतसँग दुई पक्षिय परामर्श भएको थियो । यस्तै सो अवसरमा इण्डियन इन्स्टिच्युट अफ जेम्स एण्ड ज्वेलरीका प्रिन्सिपल भरत भास्वानी लगायतका ब्यीक्तसँग पनि महासंघको प्रतिनिधिमण्डलले छलफल गरेको थियो ।

