नुवाकोटको त्रिशूली अस्पतालले थाल्यो अस्पतालबाट निस्किएको फोहोर व्यवस्थापन



नुवाकोट,साउन २७ । जिल्लास्थित त्रिशूली अस्पतालले ‘बायोग्याँस प्लान्ट’ को माध्यमबाट अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन गर्ने थालेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले सुत्केरी गराउँदा निस्कने साललगायतको फोहोर, शल्यक्रियाबाट निस्कने मानव अङ्ग, खेर गएका खानेकुरा र अन्य सड्ने गल्ने फोहोरबाट अस्पतालमा बायोग्याँस प्लान्ट जडान गरी ग्याँस उत्पादन गर्न थालेको बताए ।

अव्यवस्थित रुपमा विसर्जन गरिएको फोहोरबाट रोगको महामारी फैलिन सक्ने जोखिम कम गर्ने उद्देश्यले ग्याँस उत्पादन गर्न थालेको डा.पाण्डेले जानकारी दिए ।

यसबाट फोहोर र दुर्गन्धको समस्या निराकरण हुनुका साथै अस्पताललाई सस्तोमा ऊर्जा प्राप्त गर्ने डा.पाण्डेको भनाइ छ । अस्पतालमा वार्षिक लगभग एक हजार छ सय जना महिलाहरूले सुत्केरी सेवा लिँदै आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्