फोनिजको २३ औं वार्षिकोत्सवमा ४ पत्रकार सम्मानित
काठमाण्डौ,साउन २७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघिय समितिले आफ्नो स्थापना दिवसको अवसरमा चार जना पत्रकारलाई सम्मानित गरेको छ ।
सम्मानित हुनेमा कान्तिपुर टिभी र नारायणी अनलाईनमा कार्यरत चितवनका पत्रकार राजु चौधरी,वरिष्ठ पत्रकार गोपाल देवान, अनिता गुरुङ, अप्सरा समाल र वान्तावा राई भाषाका पत्रिका ‘बुङ्वाखा’ मासिक रहेको छ । सम्मानित सबैको राशी नगद २० हजार र सम्मानपत्र रहेको छ ।
त्यसैगरी फोनिजले संस्थाका तीन जना पूर्व अध्यक्षहरुलाई अभिनन्दित गरेको छ । फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, पूर्व अध्यक्ष खिम घले, पूर्व अध्यक्ष मोहनसिंह लामालाई कार्यक्रममा अभिनन्दित गरेको हो । कार्यक्रममा मन्त्री श्रेष्ठले पत्रकारलाई सम्मान तथा अभिनन्दन गरेका हुन् ।

