एनपिएल : टस जितेर लुम्बिनीले पोखरालाई ब्याटिङको निम्तो
काठमाडौं,कात्तिक १७ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार कीर्तिपुरमा सुरु भएको १३औँ खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सलाई पहिले ब्याटिङको निम्तो दिएका छन्।

