नुवाकोटको छहरे बजारमा यस्तो रह्यो गाईजात्रा रौनक



नुवाकोट,साउन २७ । नुवाकोटको छहरे बजारमा गाईजात्रा धुमधामका साथ सम्पन्न भएको छ । स्थानीय भट्ट थोकका नेवार सम्प्रदायले निकालेको गाईजात्रा विशेष रह्यो ।

नेवार समाजको बाहुल्यता रहेको सो क्षेत्रमा हरेक वर्ष झै स्थानीय युवाहरूको अगुवाइमा गाईजात्रा निकालिएको अगुवा युवा प्रकाश डङोलले बताए ।

छहरे बजारमा प्रदर्शन भएको गाईजात्रामा शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिका स्थानीयको समेत सहभागिता रहेको थियोे । गाईजात्रामा भट्टथोकका रामशरण डङोलको लाखे नाच उत्कृष्ट देखिएको दर्शकहरुले बताए ।

उता थान्सिङको महेन्द्र माध्यमिक विद्यालयका आसपासका स्थानीयले समेत गाईजात्रा प्रदर्शन गरेका थिए । गाईजात्रासंगै प्रस्तुत भएको लाठीचार्ज नाच थप हेर्न लायक देखिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्