शनिबार नेपाल रेडक्रस सोसाइटी काठमाडौंको निर्वाचन



काठमाडौं,साउन २७ । नेपाल रेडक्रस सोसाइटी काठमाडौंको निर्वाचन शनिबार हुने भएको छ ।

“आर्थिक पारदर्शिता, सामूहिक नेतृत्व र निर्णयकालागी हाम्रो अभियान, गरौ विवेकपूर्ण मतदान” नारा सहित निर्वाचन हुन लागेको हो ।

नेपाल रेडक्रस सोसाईटी काठमाडौं जिल्लाशाखाकाे निर्वाचनमा लवराज श्रेष्ठ सहितको प्यानलले चर्चा पाएको छ । श्रेष्ठको प्यानलमा उपसभापतिमा कमल नकर्मी, महिला उपाध्यक्षमा चन्द्रकला कार्की,मन्त्री पदमा इश्वरराज बलामी, कोषाध्यक्षमा निरन्जन सेढाई, उप-कोषाध्यक्षमा नवराज काफ्ले, सदस्यमा संघरत्न शाक्य, अर्का सदस्यमा लक्ष्मीहिरा शाक्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्