त्रिशुली नदीमा ट्रक खस्यो



काठमाडौं,साउन २८ । त्रिशुली नदीमा ट्रक खसेको छ । शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको हो ।

इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्