बौडेश्वर माध्यमिक विद्यालयको ब्यवस्थापन समिति गठन हुन सकेन



काठमाडौं,साउन २८ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा रहेको बौडेश्वर माध्यमिक विद्यालयको ब्यवस्थापन समिति गठन प्रक्रिया रोकिएको छ ।

शनिबार भएको अभिभावक भेलाले नयाँ ब्यवस्थापन गठन सम्पन्न गर्न नसकेको हो ।

आवश्यक भन्दा ज्यादा सदस्य अध्यक्षका दावेदार भएको र साँझ अबेरसम्म सर्वसहमतिको प्रयास गर्दा समेत सहमति नजुटेकाले ब्यवस्थापन समिति गठन रोकिएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्