फोहोर बोकेर जाँदै गरेको टिपरले बाख्रा मारेपछि क्षतिपुर्तिको माग गर्दै स्थानिय आन्दोलित



काठमाडौं,साउन २९ । काठमाडौं उपत्यका फोहोर बोकेर जाँदै गरेको टिपरले बाख्रा मारेपछि कागती गाउँका बासीन्दा क्षतिपुर्ति माग गर्दै बाटो बन्द गरेका छन् ।

आज बिहान फोहोर बोकेर बन्चरेडाँडा जाँदै गरेको टिपरले बाख्रा मारेपछि स्थानियले अवरोध गरेका हुन् ।

शनिबार फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडो पुगेको थियो । कुन अबरोध नभएमा दैनिक २५० देखी ३५० वटा गाडि बञ्चरे डाँडो पुग्ने काठमाडौं महानगरका मेयरले बताएका थिए ।

काठमाडौंको ७५ गाडी र अरु पालिका बाट दैनिक उत्सर्जन हुने भएकोले दैनिक १५० गाडीको फोहोर व्यवस्थापन हुनुपर्ने भएकोले नियमित अवस्थामा पुग्न समय लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्