सुर्खेतमा जनावरको आक्रमणबाट दुई जनाको मृत्यु
सुर्खेत,साउन २९ । सुर्खेतको भेरिगंगा नगरपालिका ५ गेरवानीमा जंगली जनावरको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका राम बहादुर चन्द र कबि वलीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो ।
उनिहरुको शव घरदेखि करिव ५ सय मिटरको दुरीमा फेला परेको प्रहरीले जनाएको छ । विहान करिब ८ बजे घाँस काट्न निस्किेका दुवैजना अबेरसम्म नफर्केपछि आफन्तले अस्थायी प्रहरी चौकी बबईमा खबर गरेका थिए ।
आफन्तको खबरपछि नेपाल प्रहरी, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बबईमा खटिएको देबदत्त गण र स्थानियवासीको संयुयक्त टोलीले दुबैजनालाई जंगली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।