कोरोना अपडेट: गत २४ घण्टामा ८८८ जना संक्रमित थपिए, १ को मृत्यु



काठमाडौं,साउन ३० । पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, संक्रमणबाट आज १ जनाको निधन भएको छ । आज ४७४ जनाले कोरोना संक्रमण जितेका छन् ।

अहिले देशभरि ५ हजार ३ सय ८७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्