रितु कडेलको तीज गीत मेरो राजा सार्बजनिक



काठमाडौं,साउन ३० । लोकप्रिय गायिका रितु कडेलको नयाँ तीज गीत सार्वजनिक भएको छ । सुवासचन्द्र ढुङ्गेलको शब्द रचना रहेको तीज गीत भक्तपुरमा चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खडकाले सार्बजनिक गरेका हुन।

गीतमा बुनु श्रेष्ठ र रितु कँणेल स्वर रहेको छ । गीतमा बिनोदराज ढुङ्गेलको संगीत रहेको छ भने गम्भीर बिस्टको निर्देशन रहेको तीज गीतको म्युजिक भिडिओमा समसामयिक परिप्रेक्ष्यका घटनालाई जीवन्त दिने प्रयास गरिएको छ ।

गीत सार्वजनिक कार्यक्रममा अल्बर्ट बज्राचार्य, गायिका बुनु श्रेष्ठ, निर्देशक गम्भीर बिस्ट, शम्भो राजभण्डारी, बिनोदराज ढुङ्गेल लगायत कलाकार देख्न सकिन्छ । गीतलाई रचनाकार सुवासचन्द्र ढुङ्गेलको यु ट्युब अफिसिएल च्यानलबाट सार्बजनिक गरिएको छ ।

भिडियो हेर्नुस्:

प्रतिक्रिया दिनुहोस्