मंसिर ४ गते गठबन्धनलाई जनताले पाखा लगाउने छ्न: सुवास नेम्वाङ
प्युठान,साउन ३० । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धनलाई जनताले पाखा लगाउने बताएक छन् ।।नेकपा एमाले प्युठानले बिजुवारमा आयोजना गरेको जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष नेम्वाङले सरकारले गरेका गलत कामहरूको फैसला मंसिर ४ गते हुने बताए ।
एमाले मजबुत र शक्तिशाली रहेकाले एमालेविरुद्ध कांग्रेससँग टासिएर कम्युनिष्ट नामधारी दलहरुले गठबन्धन गरेको उल्लेख गर्दै उपाध्यक्ष नेम्वाङले कम्युनिष्टहरु बिचारधाराबाट बिचलित भएको बताए । नेम्वाङले ‘आफ्नै पार्टीको बहुमत सरकार ढालेर विपक्षी दलको काँध थाप्नुले उनीहरु नैतिकताको कम्युनिष्ट राजनितीबाट पराजित भएको प्रष्ट्र हुन्छ।’ नेम्वाङले भने। निर्वाचनमा बहुमत सहितको एमाले सरकारको एजेण्डा लिएर जनताका बीचमा जाने जनाउदै उनले आउने निर्वाचनमा जनताको आर्शिवाद रहनेमा विश्वस्त रहेको बताए ।’जनताले अनुमोदन गनेमा हामी ढुक्क छौँ’, उनले भने, ‘आगामी मंसिर ४ को निर्वाचनबाट गठबन्धनलाई जनताले पाखा लगाउने छ्न।’ अर्को एक फरक प्रसङ्गमा उपाध्यक्ष नेम्वाङले नेकपा एमालेबाट अलग्गिएर नेकपा एकिकृत समाजबादी पार्टी बनाएका माधव नेपालले पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको जिकिर गरे । ‘पार्टीमा बिचारको झगडा हुन्छ, बिचारमा विवाद हुन्छ’, उनले भने,‘पार्टीमा रहँदा बखत र चोइटिएर गएपनि एमालेकै सत्तो सराप गर्नु शिवाय माधव कमरेडले अरु जानेको छैन ।’
बिपक्षीसँग गठबन्धन गरी २० प्रतिशत लिएर पार्टी फुटाएका कमरेडले स्थानीय तहको निर्वाचनमा ४ प्रतिशत ल्याउँदा पनि कमजोरी महसुस नगरेको उल्लेख गरे। उनले भने, ‘एक्लै भिडेको भए त्यो ४ प्रतिशत त कहाँ आउँथ्यो र अरुसँग गासिएर त्यहि पनि ल्याउनु भएछ ।’ प्रशिक्षण कार्यक्रममा पार्टी पाेलिटव्युराे सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज विमला घिमिरे, पाेलिटव्युराे सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रीय अनुशासन आयाेगका सदस्य झपेन्द्र जीसी, केन्द्रीय सल्लाहकार परिषदका सदस्य हिराबहादुर केसी, प्रदेश कमिटी सचिवालय सदस्य धनबहादुर रायमाझी लगायतले एमाले विरुद्ध सबै शक्ति एक ठाउँमा उभिएकाले एमालेका नेता कार्यकर्ता आफ्नो पार्टीलाई बलियो बनाउने काममा लाग्न निर्देशन समेत दिए। कार्यक्रममा नौ वटै पालिका र ६४ वडाका ८५० अगुवा नेता कार्यकर्ताकाे सहभागिता रहेको एमाले प्युठानले बताएको छ ।