सुनको मूल्य बढ्यो, चाँदी घट्यो
काठमाडौँ,कात्तिक १७। स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७०० रुपैयाँले बढेर दुई लाख ७५ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । सोमबार तीन हजार ७२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार तीन हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

