तातोपानीका मुहानैमुहान



रुकुमपूर्व, साउन ३१ । रुकुमपूर्वका धेरै ठाउँमा तातोपानीका मुहान छन्। विभिन्न खोला र सानीभेरी नदीका किनार गरी जिल्लाका पाँच ठाउँमा तातोपानीको मुहान भए पनि तिनको संरक्षण व्यवस्थापनमा भने समस्या छ।

पुथाउत्तरगङ्गा गाउँपालिकामा मात्र चार र सिस्ने गाउँपालिकामा एक गरी जिल्लामा पाँच तातोपानीका मुहान छन्। पुथाउत्तरगङ्गा वडा नम्बर २ को जार्लुङ, ३ को रन्मा, ६ को डिमुरगैरा तथा १२ र १३ को ओख्मामा तातोपानीका मुहान छन्।

सिस्ने गाउँपालिकाको वडा नम्बर ४ धाउने नजिकै सानीभेरी नदी छेउमै पनि तातोपानीको मुहान छ। यी पाँच मुहानमध्ये हालसम्म सिस्ने ४ को धाउनेस्थित सानीभेरीको किनारमा रहेको र पुथाउत्तरगङ्गाको डिमुरगैरा र जार्लुङमा रहेका तातोपानी मुहानको मात्र केही संरक्षणको काम गरिएको छ ।

पुथाउत्तरगङ्गा–१२ र १३ को ओख्मा र पुथाउत्तरगङ्गा–३ को रन्माको तातोपानीमा संरक्षणको काम गरिएको छैन । जिल्लामा यति धेरै तातोपानी मुहान हुँदा पनि पर्यटन प्रवद्र्धनका निम्ति र संरक्षणमा सरकारले चासो देखाएको छैन ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्