बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति दुईपाङ्ग्रे सवारी सञ्चालनमा रोक



बर्दिया,साउन ३१ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुईपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

आइतबार जंगली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा दुईपाङ्‍ग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्