ललितपुरमा बस पल्टिँयो



ललितपुर,साउन ३१ । ललितपुरमा बस पल्टिएको छ । ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते भएका छन् ।

बा ३ ख २७ १८ नम्बरको बस पल्टिँदा आठ जना घाइते भएका हुन् ।

घाइतेहरूको ललितपुर र काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भक्तपुरबाट बल्खु जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन । 

प्रतिक्रिया दिनुहोस्