माओवादी केन्द्रको चुनाव चिह्नमा जाँदा सहज हुन्छ : वामदेव गौतम



काठमाडौं,साउन ३१ । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नमा आगामी निर्वाचनमा सहज हुने बताएका छन् ।

मङ्गलबार निर्वाचन आयोग पुगेका संयोजक गौतमले सञ्चारकर्मीसँग कुराकानीका क्रममा गठबन्धनमा सामेल हुन नसके पनि माओवादी केन्द्रको चुनाव चिह्नमा जाँदा सहज हुने प्रतिक्रिया दिए । चुनाव चिह्नको जिम्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको जानकारी उनले दिए।

गौतमले भने, “हँसिया हथौडामा चुनावमा लड्न बाध्य भएँ । गठबन्धनमा नभइकन म सामेल भएको छु । कानुन सम्मत भूमिका के हुन्छ, प्रचण्डले सहर्ष स्वीकार गरेका छन् । हाम्रो उद्देश्य २०७५ जेठ ३ गते गठन भएको पार्टी पुनर्गठन गर्नु नै हो ।”

प्रतिक्रिया दिनुहोस्