बञ्चरेडाँडामा प्रहरीले गर्यो हवाई फायर



नुवाकोट,साउन ३१ । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडामा गएका ट्रक माथि स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ ।

खेत र बारिमा लुक्दै प्रहरी र फोहोरको गाडी माथि प्रदर्शनकारीले आक्रमण गर्न थालेपछिप्रहरीले बाध्य भएर स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

हिजो पनि सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरिएको थियो । प्रहरीले लखेटेपछि स्थानीयबासीले डाँडामा बसेर गुलेली हानेका थिए । फोहोर ब्यबस्थापनको यो समस्या भने नयाँ होइन ।

प्रतिक्रिया दिनुहोस्