कोरोना अपडेट: थप ८८८ जनामा सङ्क्रमण, ४७४ सङ्क्रमण मुक्त



काठमाडौं,साउन ३१ । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ४७४ जना सङ्क्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ७३७ कोरोना परीक्षण गर्दा ८८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

तीन हजार १५५ पीसीआर परीक्षण गर्दा ४२७ र दुई हजार ५८२ एन्टिजेन परीक्षण गर्दा ४६१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ५० हजार ६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्