दुर्घटनामा दुई जनाको ज्यान गयो



काठमाडौँ, साउन ३१ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुईजनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।

चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय नंको मार्बल बोकेको ट्रेलरले आज बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । दुर्घटनामा घाइते बनेका चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्