झोरमा पर्यटन बिकाससंगै आयआर्जन वृद्धि तर्फ लागौं- मन्त्री श्रेष्ठ



काठमाडौं,साउन ३१ । पर्यटन बिकाससंगै झोरमा आयआर्जन वृद्धि गर्न सकिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताएका छन् ।

मंगलबार टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित बौडेश्वर झरना तथा मन्दिर परिसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो भनेका हुन। मन्त्री श्रेष्ठले झोरमा रहेको विभिन्न संरक्षित क्षेत्र तथा पर्यटकीय गन्तव्यलाई आवस्यक प्रचारप्रसार गरि आन्तरिक पर्यटनको उत्कृष्ट स्थान बनाउन सकिने बताए ।

राजधानीदेखि निकट रहेको यस क्षेत्रलाई गुरुयोजना अनुसार कार्यक्रम योजना तर्जुमा गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले यसका लागि गुरुयोजना अध्ययन गरी तत्काल गर्न सकिने केके छन् त्यस्ता कार्यक्रममा लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित अध्यक्ष रमेशकुमार लामिछाने, एकीकृत समाजवादीका लक्ष्मणप्रसाद बिडारी, मन्दिर संरक्षण समितिका किशोर अधिकारीसहित अन्य पदाधिकारीको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्