बैजनाथ माविलाई इन्जीनियरिङ अध्ययन अनुमति



काठमाडौं,भदौ १ । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–४मा रहेको बैजनाथ माध्यमिक विद्यालयले इन्जीनियरिङ अध्यापनका लागि अनुमति पाएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सीटीइभीटी)ले ३ वर्षीय डिप्लोमा इन सिभिल इन्जीनियरिङका लागि विद्यालयलाई अनुमति दिएको हो ।

अनुमति पाएसँगै यसै शैक्षिकशत्रदेखि इन्जीनियरिङ अध्यापन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतराज कलौनीले जानकारी दिए । ‘सिभिल इन्जीनियरिङका लागि भर्ना शुरू गरिसकेका छौं’ उनले भने, ‘४० जनाको सिट सँख्या निर्धारण गरिएको छ ।

सिभिल इन्जीनियरिङमा भर्ना हुनका लागि प्रवेश परिक्षामा सहभागी हुनुपर्छ ।’ ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै आएको बैजनाथ कञ्चनपुरका अब्बल विद्यालयमध्ये एक मानिन्छ ।

विद्यालयमा इन्जिीनियरिङसँगै कृषि प्राविधिक शिक्षा, आइएससी, आइएड, आइकम लगायतका संकाय अध्यापन हुँदै आएको छ । ‘यस विद्यालयलाई प्राविधिक शिक्षाको हब बनाउने हाम्रो लक्ष्य हो’ अध्यक्ष कलौनीले भने ।

विद्यालयमा हाल करीब ८ सय जना विद्यार्थी अध्ययनरत छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्