कोरोना अपडेट: २४ घण्टामा ८५२ मा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौं,भदौ १ । पछिल्लो २४ घण्टामा ८५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल छ हजार ३८३ जनाको कोरोना परीक्षण गर्दा ८५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

तीन हजार ८७६ पीसीआर परीक्षण गर्दा ५३१ र दुई हजार ५०७ जनाको  एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२८ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४६२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ८९ हजार ७६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्