नागरिकता विधेयक-सदनले टुंग्याउने विषय बन्द कोठामा बसेर संकुचन गर्न मिल्छ: एमाले



काठमाडौं,भदौ २ । नेकपा एमालेले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक फेरी पारित नगर्ने चेतावनी दिएको छ ।

राष्ट्रपतिबाट सन्देशसहित फिर्ता विधेयक पुनः पेस भएपछि जारी प्रतिनिधिसभा बैठकको छलफलमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले सन्देशसहित फिर्ता पठाएको विधेयक संशोधनबाट अगाडि बढन सुझाब दिए ।

ज्ञवालीले ‘सुधार गर्ने अवसर राष्ट्रपतिबाट दिइएको छ । सत्तापक्ष त्यसो गर्न खोजेको छैन । जस्ताको तस्तै पारित गर्ने कुरा गरेर सदनले टुंग्याउने विषय बन्द कोठामा बसेर संकुचन गर्न मिल्छ कि मिल्दैन ?, प्रश्न गरे । साथै, ज्ञवालीले, ‘यो केबल कुनै समुदाय विशेषको कुरा होइन यो त सिंगै देशको साझा सवाल हो । संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजन गर्नु किमार्थ राम्रो हुन्न । हेड काउण्ट गरेर त टुंग्याउनु होला तर जबर्जस्ती टुंग्याएर आत्मरती लिन मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्