कोरोना अपडेट: थप ५४२ जनामा कोरोना सङ्क्रमण, ४२१ सङ्क्रमणमुक्त



काठमाडौं,भदौ २ । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९३० जनाको कोरोना परीक्षण गर्दा ५४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

दुई हजार ८२ पीसीआर परीक्षण गर्दा २२४ र दुई हजार ८४८ जनाको  एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२१ जना सङ्क्रमणमुक्त भएका छन् भने कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । त्यस्तै, पछिल्लो २४ घण्टामा  ९७ हजार ६५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्