कपिलवस्तु बाणगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु



कपिलबस्तु,भदौ २ । कपिलवस्तुको बाणगंगामा मोटरसाइकल दुर्घटनामा परि २ युवकको ज्यान गएको छ ।

नगरपालिकाको वडा २ गोबडिहवामा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक २५ वर्षिय रमेश बि.क र सोही मोटरसाइकलमा सवार २७ वर्षिय गोपाल बि.क रहेका छन् ।

लखनचोक सडकखण्डमा उनीहरु सवार लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा दुबै जना घाईते भएका थिए । घाइते दुबै जनाको उपचारको क्रममा लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्