दोस्रो आँबुखैरेनी महोत्सव सुरु, भदौ १५ गतेसम्म संचालन हुने



आँबुखैरेनी,भदौ २ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु भएको छ ।

मिलन युवा क्लव र आँबुखैरेनी कलाकेन्द्रको आयोजनामा आगामी भदौ १५ गतेसम्म संचालन हुने महोत्सवको आजदेखि सुरु भएको हो।

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले गरेको छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगेतिक प्रस्तुती रहने महोत्सवमा रमाईलो मेला, कृषि प्रदर्शनी लगायतको आकर्षण रहनेछ । 

प्रतिक्रिया दिनुहोस्