ट्रकमा मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु



काठमाडौं, भदौ ३ । चितवनको इच्छाकामना–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान ३ बजे आसपास भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका चितवन अनुसार काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा साही दिशातर्फ गइरहेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किएको हो। मृत्यु हुनेमा दैलेखका २५ वर्षीय सरोज रोकाया र पछाडि बसेका काठमाडौंका ३२ वर्षीय सरोज माझी रहेका छन।

प्रतिक्रिया दिनुहोस्