बैतडीमा रुखको एकै हाँगोमा झुण्डिएको अवस्थामा युवायुवती मृत भेटिए



काठमाडौं,भदौ ३ । सुदुर पश्चिम प्रदेशको बैतडीमा युवायुवती मृत भेटिएका छन् । जिल्लाको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक मृत भेटिएका हुन ।

उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

दुबै जना अविवाहित रहेको हुदाँ प्रेम सम्बन्धका कारण उक्त घटना घटेको हुन सक्ने प्रहरी तथा स्थानियको आकंलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्