कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल
काठमाडौं,भदौ ३ । नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ।
क्यान्सर रोगबाट पीडित गिरीको हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेता गिरीको स्वास्थ्य अवस्था जटिल रहेकाले सघन उपचार कक्ष (आईसीयू)बाट भेन्टिलेटरमा सारेर उपचार भइरहेको जानकारी दिए ।
यसैगरी, अस्पतालको कक्षका अनुसार, नेता गिरीको भेन्टिलेटरमा उपचार भइरहेको छ। गिरीका सहयोगी मन्दिप भारतीले उनको उपचार जारी रहेको बताए ।