नुवाकोट थान्सिङमा कृष्ण रथारोहणमा महिला दिदीबहिनीको सहभागिता

नुवाकोट,भदौ ४ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ भट्ट थोक यस्तो गाउँ हो जहाँ उल्लेख्य मात्रामा युवाजमात रहेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीसंगै गाउँघर रित्तिदै गइरहेको परिप्रेक्षमा यस गाउँमा युवायुवतीको संख्या उल्लेख्य रहेको हो ।
मर्दापर्दा झन्डै दुई दर्जन युवा एकसाथ जुट्छ्न । र काम फत्ते पार्छन् । यसैगरी स्थानीय युवाको अगुवाइमा हालै कृष्ण जन्माष्टमी पर्व भव्यताका साथ सम्पन्न भएको छ ।
२०७२ महाभूकम्पले क्षतिग्रस्त कृष्ण मन्दिर हालै निर्माण सम्पन्न भएको छ भने कृष्ण मन्दिरसंगै राम र शिव मन्दिर निर्माणका क्रममा रहेका छन् । मन्दिर सजावटसंगै सडक उज्यालो कार्यक्रम समेत सम्पन्न गरेको अगुवा युवा प्रकाश डङोलले बताए ।
शनिबार सम्पन्न कृष्ण रथारोहण कार्यक्रममा स्थानीय महिला तथा आमा दिदीबहिनीको उल्लेख्य सहभागिता रहेको थियोे ।उनीहरुले मन्दिर परिसर हुँदै सडक हुँदै गाउँघर परिक्रमा गराएका थिए ।

