मुलुकले एक बौद्धिक नेता गुमायो : सभापति पुन



बुटवल,भदौ ५ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन्

प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गिरिको ७५ वर्षको उमेरमा गए राती उपचारकै क्रममा मेडासिटी हस्पिटलमा मृत्यु भएको थियो । नेपाल राष्ट्रले एक बौद्धिक नेता, समाजवादका चिन्तक, समालोचक एवम् कांग्रेसले कुसल संगठक र अभिभावक गुमाएको सभापति पुनले बताउनु भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा गिरिले पुर्याउनुभएको योगदानको स्मरण गर्दै नेपाली राजनीति र पार्टीमा गिरिको अभाव सधै रहि रहने पुनले बताएका छन ।

सभापति पुनले गिरिको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै गिरिप्रती श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुहोस्