प्युठानको कुडुँलेमा दुर्घटना हुँदा ८ जना घाईते

प्युठान,भदौ ६ । प्यूठानमा सानो गाडी दुर्घटना हुदा आठ जना यात्रु घाईते भएका छन।
दाङको भालुबाङबाट प्यूठान आउँदै गरेको लु २ ख ६५६९ नम्वरको विङ्गर जिल्लाको सरुमारानी गाउँपालिका-४ कुडुँले नजिकै दुर्घटना भएको हो । घाईतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ७ जना समान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुलाई उद्धार गरि उपचारका लागि भालुवाङ पठाइएको छ । ब्रेक फेल भएर गाडी अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले बताएको हो । गाडी सडकबाट करीव २० मिटर तल खसेको थियो । घाईतेहरुको सरुमारानी गाउँपालिकाका नगरप्रहरी नेपाल प्रहरी सहित स्थानियले उद्धार गरेको सरुमारानी पालिकाका कार्यपालिका सदस्य पुर्ख सिंह सुनारले बताए ।