भाद्र ७ गते नेपाल बन्द भन्दै हेटौडामा निस्कियो राँके जुलुस



हेटौंडा,भदौ ६ । भाद्र ७ गते नेपाल बन्द भन्दै हेटौडामा सोमबार साझ राँके जुलुस निकालिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी सहित संयुक्त सर्घष समितिले हेटौडाको लोकप्रिय चोक देखी मउबासंघ चोक सम्म राके जुलुस निकालेको हो  । राँके जुलुस रोक्न प्रहरी ठुलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

राँके जुलुस सहित बुद्धचोक तर्फ आएको भिडलाई प्रहरीले मउबासंघ चोकमै निस्तेज पारीदिएको थियो । केही दिन अघि सरकारले नेकपाका नेता बिप्लब सहित २५ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।

सर्घष समितिले ततकाल पक्राउ पुर्जी फिर्तालिन सरकारलाई अल्टिमेटम दिदै मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । तथापी ब्यबसायीहरुले यसको बिरोध गरेका छन् । यता  सरकारले भने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि लागेका ३२२ मुद्दा फिर्ता लिन नसकिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्