सिद्धार्थ क्यापिटलद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न



काठमाडौं,भदौ ७ । सिद्धार्थ क्यापिटल लिमिटेडले १०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको कालिमाटीस्थित जनप्रभात माध्यमिक विद्यालयमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा रूख र फूलका २५० भन्दा बढी बिरुवा रोपिएको थियो ।  कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा सिद्धार्थ  क्यापिटल लिमिटेडका कर्मचारी, जनप्रभात माविका विद्यार्थी लगायत करीब ९० जनाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्