नुवाकोट शिवपुरी माथिल्लो घ्याङमा पहिरो, स्थानीय सरकारले प्लास्टिक बाहेक केहि दिएन
नुवाकोट,भदौ ७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ५ माथिल्लो घ्याङमा पहिरो जादा स्थानीय घरबारविहिन भएका छन् ।
गाविस भवन- टोड्के भञ्ज्याङहुँदै पञ्चकन्या जोड्ने ग्रामिण सडक भासिएकाले स्थानीयमा त्रास बढेको स्थानीय राजु तामाङले बताए । पहिरो पछि स्थानीय अर्जुन तामाङ, समर तामाङ र लालबहादुर तामाङ लगायत दर्जनौं नागरिकका घरहरु जोखिममा परेका छन् ।
पहिरो पश्चात् पीडितले स्थानीय सरकार सामु गुहार मागेका थिए । स्थानीय सरकारले प्लास्टिक बाहेक केहि नदिएपछि पीडित निराश बनेका छन् ।
पीडितले विस्थापितको गाँसबास र कपासको तत्काल ब्यवस्थापन हुनुपर्ने, पहिरोको तत्काल निरीक्षण गरि राहत ब्यवस्थापन गर्न माग गरेका छन् ।