बालेन र अल्फा हाउस’का संचालक शर्मा बीच चर्काचर्की



काठमाडौं,भदौ ९ । नयाँ बानेश्वरस्थित ‘अल्फा हाउस’का संचालक द्विराज शर्मा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच आज चर्काचर्की भएको छ।

‘अल्फा हाउस’ पार्किङका लागि छुट्याइएको भवन भाडामा लगाएर फुटपाथमा पार्किङ गरेको समाचार बाहिरिएपछि मेयर शाह प्रहरी सहितको टोली लिएर अनुगमनका लागि त्यहाँ पुगेका थिए। कुराकानीका क्रममा केहीबेर शाह र शर्माबीच चर्काचर्की नै भएको थियो।

शर्माले बालेन्द्रलाई ‘तपाईं डन हो ?’ भन्दै प्रश्न गरेका थिए। जवाफमा शर्माले ‘ए बालेन सर तपाईं आवेगमा आएर नबोल्नुस्। तपाईं हाम्रै प्रतिनिधि होइन ?’ भनेर प्रतिप्रश्न गरेका थिए।

शर्माले भने, ‘तपाईंले मलाई थर्काउन खोज्नुभएको हो ?, यसरी डन भएर आउने होइन्।’ कुनै सूचना र जानकारी बिना आएर नक्सा देखा भन्दै बालेन्द्रले थर्काएपछि शर्माले नक्सा यहाँ बोकेर बसेको हुँदैन, तपाई देखाउनुस् नक्सा भनेका थिए ।

बालेन्द्रले ‘तपाईंको घरको नक्सा म सँग हुन्छ ?’ भनेर प्रश्न गर्दा चर्काचर्की सुरु भएको हो। बालेनले बिहीबार शंखमुलस्थित बर्गर हाउसको पनि अनुगमन गरेर बेसमेन्ट खाली गराउन निर्देशन दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्