अल्फाबिटाको अवैध संरचनामा यसकारण महानगरले डोजर चलायो



काठमाडौँ,भदौ ९ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा डोजर चलाइएको छ । अल्फाविटाका मालिक कोरोना संक्रमणका समयमा खोप निर्यातसँगको विवादमा मुछिएको ओम्नी समूहसँग आवद्ध छन् ।

अल्फाबिटाले भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गर्दै आएको भन्दै महानगरले अल्फाबिटाको संरचना भत्काएको हो ।

बिहान मेयर बालेन र अल्फाबिटाका प्रतिनिधिबीच नक्सा र भुईं तल्लाको प्रयोगबारे विवाद भएको थियो। बालेनले उनीहरुसँग नक्सा मागेका थिए, तर उनीहरुले महानगरमै भएको जवाफ दिएपछि बालेन आक्रोशित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्